Comments Add Comment

बक्स अफिसमा किन सफल भयो अमिताभको ‘पींक’ ?(५ संवाद सहित)

pink movie

गत शुक्रबार रिलिजमा आएको चलचित्र ‘पींक’ले बक्स अफिसमा त कमाल कै व्यापार गरिरहेको छ । चलचित्रको व्यापार शुक्रबार भन्दा आइतबार धेरै नै उच्च छ । शुक्रबार ४ करोडको मात्र ओपनिङ गरेको यो चलचित्रले आइतबार करिब १० करोड छेउछाउको व्यापार गर्‍यो । मंगलबार भन्दा वुधबार चलचित्रको व्यापार राम्रो देखिएको छ । वर्ड अफ माउथका कारण चलचित्र चल्छ भन्ने उदाहरण यो चलचित्र हो । जसले एक सातामा ३५ करोडको व्यापार गरेको छ, जुन बलिउड पण्डितदेखि दर्शकले सोचेको कुरा थिएन ।

साच्चै, ‘पींक’मा त्यस्तो के छ जसले गर्दा यो चलचित्र चल्यो । यो चलचित्र ३ अविवाहित यूवतीको कथा हो । जो, केही यूवाहरुसँगको लफडामा पर्छन् र अदालतको चक्कर काट्छन् ।

महिला सशक्तिकरणको कथामा बनेका कारण पनि यो चलचित्र सशक्त मानिएको छ । कुनै यूवती यूवासँग घुम्न जाँदैमा, उसँग बसेर मादक पदार्थ पिउँदैमा खराब हुँदैनन् भन्ने कथामा चलचित्र बनेको छ । अमिताभ बच्चनको पावरफूल संवाद र अभिनयले अझ चलचित्रलाई रोचक बनाइदिएको छ ।

चलचित्रका केही यस्ता संवाद छन्, जुन अहिले सामाजिक संजालमा निकै हिट भैरहेको छ । जसलाई हामीले नेपाली रुपान्तरमा यहाँ प्रस्तुत गरेका छौ ।

१.कुनै पनि यूवतीलाई कुनै पनि यूवकसँग एक्लै जाने अधिकार छैन । यसो गर्दा त्यहाँ वरिपरी बस्ने मानिसहरु उक्त यूवती आफ्नै मर्जीले त्यहाँ आएकी हुन् र उनले आफूलाई छुने लाइन्सेस दिएकी छिन् भनेर वुझ्छन् ।

२.यहाँ घडीको सुई चरित्र निर्धारण गर्दछ ।

३.कुनै पनि यूवतीलाई कुनै पनि यूवकसँग बसेर मदिरा पिउन मनाही छ । किनकी, यदि यूवतीले यसो गर्छिन् भने यूवकलाई लाग्छ कि यूवती मसँग बसेर मादक पदार्थ पिउँदैछिन् भने उनी मसँग रात बिताउनका लागि पनि अस्विकार गर्दिनन् ।

४. रक शोमा यूवती छिन् भने उनी रात बिताउने हिन्ट दिदैछिन् । यदि, लाइव्रेरी वा मन्दिरमा छिन् भने त्यो हिन्ट हुँदैन । स्थानले क्यारेक्टरको निर्णय गर्छ ।

५. यूवकले वुझ्नुपर्दछ कि ‘नो’को मतलब ‘नो’ नै हो । यो कुरा बोल्ने यूवती कुनै परिचित हुन्, साथी हुन्, गलफ्रेन्ड हुन्, कुनै सेक्स वर्कर वा आफ्नै श्रीमती नै किन नहुन् । जब कोही ‘नो’ भन्छिन् भने रोकिन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment