Comments Add Comment

एनसेल मेलामा झुमे धरानवासी

Ncell-mela-dharan

७ असोज, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले धरानमा आयोजना गरेको सांस्कृतिक मेलामा धरानवासीले मनोरञ्जन लिएका छन् ।

बिहीबार धरानको पब्लिक हाइस्कुलको मैदानमा कार्यक्रम गरिएको थियो । एनसेलले दशै, तिहार तथा छर्ठ पर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुसँग खुसीयाली साट्न र शुभकामना आदान प्रदान गर्न भन्दै देशमा मुख्य-मुख्य हशरमा आयोजना गर्दै आएको छ ।

Ncell-mela-dharan-1

एनसेलले यस अघि नारायणगढ, पोखरा, बुटवलमा मेला आयोजना गरिसकेको छ ।

एनसेलले धरान मेलामा कलाकार तथा सांगीतिक समुहको प्रस्तुति, गेम स्टलहरु, कमेडी, जादु, किडस् जोन र फुड स्टलहरु राखेको थियो । स्टलमा आफ्ना ग्राहकहरको उल्लेख सहभागी रहेको दावी गरेको छ ।

Sugam-pokhrel

मेलामा गायक सुगम पोख्रेल, शिव परियार, मिलनअमात्य, लाउरे, डिजे रुपेश र सांगीतिक समुह एक्स व्याण्डको प्रस्तुतिमा धरानवासीले रमाइलो गरेको एनसेलले जनाएको छ ।

Ncell-mela-dharan-2

एनसेल मेला नारायणगढ, पोखरा, बुटवल र धरानपश्चात अब असोज ८ बिर्तामोड पुगेर सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment