Comments Add Comment

‘काठमाडौं इको राइड’को छैटौं संस्करण शनिबार

KTM-Eco-ride

७ असोज, काठमाडौं । स्टेप फर मायल्स संस्थाले शनिबार ‘काठमाडौं इको राइड’ साइकल र्‍याली गर्ने भएको छ ।

वातावरण संरक्षण, जैविक तथा धार्मिक पर्यटनको क्षेत्रमा काम गर्दै आइरहेको स्टेप फर मायल्सले विश्व शान्ति तथा पर्यटन दिवस अवसरमा र्‍याली आयोजना गर्न लागेको हो ।

हरेक वर्ष आयोजना हुने र्‍यालीको यो छैटौं संकरण हो । शनिबार विहान साढे ६ बजे पाटनको दरबार स्क्वायरबाट शुरु हुने र्‍याली शंखमुल, बाग्मती किनार, तीनकुने, सिनामंगल, गौशाला, चावहिल, गणेशस्थान, कालोपुल, ज्ञानेश्वर, मैतिदेबी दुई दिल्लीबजारमा पुगेर समापन हुनेछ ।

राजधानीमा बढ्दो प्रदुषण र अव्यवस्थित वस्तीका कारण उत्पन्न प्रदुषणका कारण शहरलाइ पुनःहरित स्वच्छ, शान्त बनाउने सन्देश प्रवाह गर्नका लािग कार्यक्रमको अजोजना गरिएको संस्थाका अध्यक्ष रुपक खड्काले जानकारी दिए ।

यस बर्षको साइकल र्‍यालीमा नेपालका विभिन्न व्यवसायिक क्षेत्रका व्यक्तिलगायत विदेशी नागरिक गरी २०० भन्दा बढी साइकलयात्रीहरु सहभागी हुने खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment