Comments Add Comment

भारतको अनुदानमा सिरहामा २५ शैय्याको प्रसूति अस्पताल निर्माण

२७ चैत, काठमाडौं । भारतको अनुदानमा सिरहामा २५ शैय्याको अस्पताल निर्माण भएको छ । २ अर्व ६९ करोडमा निर्माण गरिएको चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पतालको नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले बुधबार उद्घाटन गरेका छन् ।

अस्पताल निर्माण भएपछि सिरहा र आसपासका जिल्लाहरुका जनताहरुको मातृत्व तथा बाल स्वास्थ्य सेवामा सुधार प्रदान गर्नुका साथै मातृत्व तथा बाल मृत्युदर घटाउन सहयोग पुर्‍याउनेछ विश्वास लिइएको छ ।

गुणस्तरिय मातृत्व तथा बाल स्वास्थ्यमा आधारित नलाभ/नघाटा सिद्धान्त अन्तर्गत चन्द्रनारायण यादव मेमोरियल ट्रस्टद्वारा यो अस्पताल सञ्चालन भएको हो ।

यस परियोजनामा चिकित्सकीय उपकरणहरु (अल्ट्रासाउण्ड, एक्स-रे, ब्लड बैंक, इमरजेन्सी, माइनर ओटी, ३ वटा डाक्टर कक्ष, १ वटा नर्स कक्ष, भण्डारण कक्ष, प्रशासन, लेखाशाखा र भुइँ तल्लामा शौचालय त्ाथा आइसीयु, सीसीयु, र मेजर ओटी) रहेका छन् ।

अस्पतालको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसकी कोषाध्यक्ष तथा ट्रस्टकी अध्यक्ष सीता देवी यादवलगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment