News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको प्रोस्थेटिक मेकअप तालिम १७ चैतसम्म प्रसिद्ध मेकअप विशेषज्ञ अयाज शेखको प्रशिक्षणमा सञ्चालन हुँदैछ।
- बोर्ड अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन प्राविधिक पक्ष सुदृढ हुनु अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
- तालिममा सहभागीले कृत्रिम अंग निर्माण, अनुहार संरचना परिवर्तन र विशेष दृश्यका लागि आवश्यक मेकअप प्रविधि सम्बन्धी ज्ञान हासिल गर्नेछन्।
काठमाडौं । विशेष मेकअप (प्रोस्थेटिक मेकअप) सम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको तालिम सुरु भएको छ ।
प्रसिद्ध मेकअप विशेषज्ञ अयाज शेखको प्रशिक्षणमा सञ्चालन हुने तालिम १७ चैतसम्म चल्नेछ । बोर्ड अध्यक्ष दिनेश डिसीले तालिम शुभारम्भ गरे । कार्यक्रममा पाका छायांकार प्रमोद प्रधान र पुरुषोत्तम प्रधान पनि सहभागी थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष डिसीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन प्राविधिक पक्ष सुदृढ हुनु अपरिहार्य रहेको बताए । उनले प्रोस्थेटिक मेकअप जस्तो विशेष प्रविधिले फिल्ममा चरित्र निर्माणलाई यथार्थपरक र प्रभावकारी बनाउने उल्लेख गरे ।
यस्ता तालिमले नेपाली चलचित्रको गुणस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । फिल्म निर्माणमा चरित्रको गहिरो प्रस्तुतिका लागि अत्यन्त आवश्यक मानिने प्रोस्थेटिक मेकअप प्रविधि नेपालमा अझै सीमित प्रयोगमा रहेको सन्दर्भमा, यस तालिमले सो क्षेत्रमा नयाँ दक्ष जनशक्ति उत्पादन गर्ने अपेक्षा गरिएको छ ।

तालिममा सहभागीले कृत्रिम अंग निर्माण, अनुहारको संरचना परिवर्तन, घाउ-चोट तथा विशेष दृश्यका लागि आवश्यक मेकअप प्रविधिहरू सम्बन्धी व्यावहारिक तथा प्राविधिक ज्ञान हासिल गर्नेछन् ।
चलचित्र विकास बोर्डले यस्ता सीपमूलक तालिममार्फत नेपाली चलचित्र उद्योगलाई प्राविधिक रूपमा सबल बनाउने तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा उभ्याउने लक्ष्य लिएको जनाएको छ ।
प्रतिक्रिया 4