News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डको महिला सशक्तीकरण समितिले आयोजना गर्ने अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रम मिति फागुन २८-३० बाट चैत्र ११-१३ मा सारिएको छ।
- कार्यक्रमअन्तर्गत चलचित्र 'कुमारी' र 'जीवन काँडा कि फूल' क्रमशः चैत्र ११ र १२ गते प्रदर्शन गरिने बोर्डले जनाएको छ।
- बोर्डले चलचित्रकर्मीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको र ती फिल्मले महिला सशक्तीकरणको सन्देश दिने अध्यक्ष दिनेश डीसीले बताउनुभयो।
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको महिला सशक्तीकरण समितिले आयोजना गर्ने भनिएको विशेष कार्यक्रमको मिति परिवर्तन गरिएको छ ।
यसअघि फागुन २८, २९ र ३० गते आयोजना गर्ने तय गरिएको उक्त कार्यक्रम विविध कारणले चैत्र ११, १२ र १३ गते का लागि सारिएको चलचित्र विकास बोर्डले जनाएको छ ।
कार्यक्रमअन्तर्गत पहिले प्रदर्शनका लागि तय गरिएका चलचित्र ‘कुमारी’ र ‘जीवन काँडा कि फूल’ क्रमशः २०८२ साल चैत्र ११ र १२ गते प्रदर्शन गरिने जनाइएको छ ।
चलचित्र हेर्न इच्छुक भई बोर्डसँग सम्पर्क गरिसकेका चलचित्रकर्मीलाई पर्न गएको असुविधाप्रति बोर्डले क्षमायाचना समेत गरेको छ ।
प्रदर्शन गर्न लागिएका ती दुई फिल्मले महिला सशक्तीकरण, मर्म र संघर्षको कथा प्रस्तुत गर्छन् । ती फिल्ममार्फत महिला सशक्तीकरणको सन्देश दिन लागिएको बोर्ड अध्यक्ष दिनेश डीसीले जनाए ।
प्रतिक्रिया 4