+
+
Shares

पर्यटन र चलचित्र विकास बोर्डबीच सहमति : नेपाललाई छायांकन गन्तव्य बनाउने

सहमति पत्रमा छायांकन गन्तव्यसहित फिल्म पर्यटन प्रवर्धन गर्ने, स्थानीय अर्थतन्त्र सुदृढ गर्दै रोजगारी सिर्जना गर्ने, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालको सक्रिय सहभागिता सुनिश्चित गर्ने सहमति छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्ड र पर्यटन बोर्डले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्य बनाउने समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
  • सम्झौताअनुसार सन् २०२६ मा कान्स फिल्म फेस्टिभलमा सहभागिता र पोखरामा फिल्म फेस्टिभल आयोजना गर्ने योजना तय गरिएको छ।
  • फिल्म पर्यटनले स्थानीय अर्थतन्त्र सुदृढ गर्दै रोजगारी सिर्जना गर्ने र कम परिचित स्थानलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।

काठमाडौं । नेपाललाई ‘अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्य’ को रुपमा विकास गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्ड र पर्यटन बोर्डले बुधबार आपसी समझदारी पत्र (एमओयू) मा हस्ताक्ष गरेका छन् ।

पत्रमा छायांकन गन्तव्यसहित फिल्म पर्यटन प्रवर्धन गर्ने, स्थानीय अर्थतन्त्र सुदृढ गर्दै रोजगारी सिर्जना गर्ने, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालको सक्रिय सहभागिता सुनिश्चित गर्ने सहमति छन् ।

बुधबार आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहकार्यले चलचित्र र पर्यटन क्षेत्रबीच दीर्घकालीन रणनीतिक समन्वयको ढोका खोलेको उनीहरूले जनाएका छन् । विश्वभर लोकप्रिय बन्दै गएको ‘फिल्म पर्यटन’ लाई नेपालमा संस्थागत रूपमा विकास गर्ने लक्ष्यका साथ दुई निकायले संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाललाई अन्तर्राष्ट्रिय फिल्मिङ गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने, फिल्ममार्फत देखिएका थलोलाई पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने, स्थानीय अर्थतन्त्र सुदृढ गर्दै रोजगारी सिर्जना गर्ने, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालको सक्रिय सहभागिता सुनिश्चित गर्न दुबै पक्ष तत्पर रहेको जनाएका छन् ।

सम्झौताअनुसार सन् २०२६ मा हुने कान्स फिल्म फेस्टिभलमा सहभागिता, पोखरामा फिल्म फेस्टिभल आयोजना, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन तथा चलचित्र पर्यटनसम्बन्धी प्रवद्र्धनात्मक सामग्री उत्पादन गर्ने योजना तय गरिएको छ ।

फिल्म पर्यटनमार्फत कम परिचित प्राकृतिक र सांस्कृतिक सम्पदायुक्त स्थानलाई पनि अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने विश्वास गरिएको छ । फिल्ममा देखिएका लोकेसन अवलोकन गर्न आउने पर्यटकमार्फत स्थानीय होटल, यातायात, गाइड तथा साना व्यवसाय प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?