+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares
बक्सअफिस :

नेपालमा प्रदर्शनरत ५ विदेशी फिल्मको कमाइ कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १२:१५
हलिउड फिल्म ‘द हाउसमेड’ को एक दृश्यमा अभिनेत्री सिड्नी स्विनी ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डअन्तर्गत सिनेपाः बक्सअफिसले १० माघसम्म प्रदर्शन भएका विदेशी फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ।
  • रणवीर सिंह स्टारर 'धुरन्धर'ले १० करोड ४७ लाख ५३ हजार नेरु ग्रस कमाएको छ र ३ लाख १८ हजार ९० टिकट विक्री भएका छन्।
  • जेम्स क्यामरुन निर्देशित 'अवतार : फायर एन्ड यश'ले ६ करोड ६२ लाख नेरु ग्रस कमाएको छ र १ लाख ६१ हजार ३८४ टिकट बिक्री भएका छन्।

काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपाः बक्सअफिसले पछिल्लो शनिबार अर्थात १० माघसम्म नेपालमा प्रदर्शनरत विदेशी फिल्मले कमाएको विवरण सार्वजनिक गरेको छ ।

जसअन्तर्गत, थ्रीलर-हरर ‘ट्वेन्टी एट् इयर्स लेटर’ ले ८ लाख १४ हजार नेरु ग्रस कमाएको छ । यसका २१०८ वटा टिकट बिकेका छन् ।

सिड्नी स्विनी स्टारर हलिउडको ‘द हाउसमेड’ ले ११ लाख ८५ हजार नेरु ग्रस कमाएको छ । यसका ३ हजार ८४ वटा टिकट बिकेका छन् ।

प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘द राजा साब’ ले १ करोड ७६ लाख नेरु ग्रस कमाएको छ । यसका ५४ हजार ८८१ टिकट बिकेका छन् ।

जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : फायर एन्ड यश’ ले ६ करोड ६२ लाख नेरु ग्रस कमाएको छ । यसका १ लाख ६१ हजार ३८४ नेरु ग्रस कमाएको छ ।

रणवीर सिंह स्टारर ‘धुरन्धर’ ले १० करोड ४७ लाख ५३ हजार नेरु ग्रस कमाएको छ । यसका ३ लाख १८ हजार ९० वटा टिकट विक्री भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?