+
+
Shares

चलचित्र विकास बोर्डले आयोजना गरेको रक्तदानमा कलाकारको सहभागिता

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र दिवस २०८२ को अवसरमा आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ।
  • कार्यक्रममा फिल्मकर्मी, पत्रकार, निर्देशक र निर्माताले उत्साहजनक सहभागिता जनाएका छन्।
  • चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्रकर्मी पर्दामा मात्र होइन, रियल लाइफमा पनि नायक हुन् भने।

काठमाडौँ । चलचित्र विकास बोर्डले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा कलाकारले उत्साहजनकरुपमा सहभागिता जनाएका छन् ।

‘राष्ट्रिय चलचित्र दिवस २०८२’ को अवसरमा आयोजना गरिएको कार्यक्रममा चलचित्रकर्मीको उल्लेखनीय उपस्थिति देखिएको छ ।

जेनजी आन्दोलनबाट अस्पतालमा रगतको अभाव भएकोले परिपूर्ति गर्न कार्यक्रम आयोजना गरिएको हो ।

बिहानदेखि सुरु भएको कार्यक्रममा फिल्मकर्मी, पत्रकार, निर्देशक र निर्माताको सहभागिता छ । अहिले पनि रक्तदान कार्यक्रम जारी छ ।

एकैपटक १२ जनाले रक्तदान गर्ने विशेष व्यवस्था गरिएको यस कार्यक्रम दिउँसो २ बजेसम्म निरन्तर जारी रहनेछ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले रक्तदानजस्ता मानवीय कार्यले नेपाली चलचित्र क्षेत्रलाई प्रेरणादायी बनाएको बताए ।

उनले भने, ‘चलचित्रकर्मी पर्दामा मात्र होइन, रियल लाइफमा पनि नायक हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?