News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले २०८२ सालका लागि माध्यमिक, स्नातक र स्नातकोत्तर तहका चलचित्र विषयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ।
- माध्यमिक तहका विद्यार्थीलाई वार्षिक १५ हजार, स्नातक तहका विद्यार्थीलाई ५० हजार र स्नातकोत्तर तहका विद्यार्थीलाई २५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ।
- बोर्डले फिल्म उद्योगको दिगो विकासका लागि शिक्षा, अनुसन्धान र समावेशी प्रतिभा विकासलाई दीर्घकालीन कार्यक्रमका रूपमा अघि बढाइरहेको जनाएको छ।
काठमाडौँ । चलचित्र विकास बोर्डले २०८२ सालका लागि विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
फिल्म अध्ययन, अनुसन्धान तथा प्राज्ञिक प्रगतिको लागि नियमित रूपमा बोर्डले सञ्चालन गर्दै आएको यो कार्यक्रमअन्तर्गत यसवर्ष छात्रवृत्ति बाँडिएको हो ।
यसवर्ष माध्यमिक तहमा चलचित्र विषय लिएका विद्यार्थीलाई वार्षिक १५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।
विद्यालय तहमै फिल्म–सम्बन्धी अध्ययनलाई प्रोत्साहित गर्न बोर्डले विगत केही वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ, जसले युवालाई प्रारम्भिक उमेरमै चलचित्र शिक्षाप्रति आकर्षित गर्न मद्दत गरेको छ ।
स्नातक तहमा चलचित्र सम्बन्धी विषय लिएर अध्ययनरत विद्यार्थीलाई वार्षिक ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको छ ।
स्नातकोत्तर तहमा चलचित्रसम्बन्धी अनुसन्धान गरिरहेका विद्यार्थीलाई २५ हजार रुपैयाँका दरले शोध अनुदान प्रदान गरिएको छ ।
चलचित्रका सामाजिक, सांस्कृतिक, सौन्दर्यशास्त्रीय तथा नीतिगत पक्षमा आधारित अनुसन्धानलाई प्रोत्साहन दिन यसले महत्वपूर्ण उत्प्रेरणा दिएको बोर्डले जनाएको छ ।
स्नातकोत्तर तहमै चलचित्र ऐन–नियम, नीतिगत अध्ययन तथा शोधपत्र लेखन गर्दै आएका विद्यार्थीलाई समेत २५ हजार रुपैयाँको छात्रवृत्ति दिइएको छ ।
बोर्डका अनुसार, फिल्म उद्योगको दिगो विकास शिक्षा, अनुसन्धान र समावेशी प्रतिभा विकास मार्फत सम्भव हुने भएकोले बोर्डले यसलाई दीर्घकालीन कार्यक्रमका रूपमा अघि बढाइरहेको जनाएको छ ।
प्रतिक्रिया 4