News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले दक्षता अभिवृद्धि वर्ष २०८२ को अवसरमा २४ माघदेखि एक हप्ते घोडाचढी तालिम सञ्चालन गर्ने भएको छ।
- तालिममा सरोज खनाल, दीपाश्री निरौला, विजय बराल, केकी अधिकारी लगायतका कलाकार सहभागी हुने बोर्डले जनाएको छ।
- बोर्ड अध्यक्ष डीसीले भने, 'घोडाचढी जस्तो सीप अब वैकल्पिक होइन, अनिवार्य बन्दै गएको छ' र यसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा उकास्न मद्दत गर्ने विश्वास लिएको छ।
काठमाडौं । चलचित्र विकास बोर्डले दक्षता अभिवृद्धि वर्ष २०८२ को अवसरमा एक हप्ते घोडाचढी तालिम सञ्चालन गर्ने भएको छ । २४ माघदेखि सुरु हुने उक्त तालिममा नेपाली फिल्मका चर्चित कलाकारको सहभागिता रहने बोर्डले जनाएको छ ।
ऐतिहासिक, पौराणिक, एक्सन तथा साहसिक कथावस्तुका फिल्मको निर्माणमा आवश्यक पर्ने सीप विकास गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिम कलाकार र फिल्म क्षेत्रलाई महत्वपूर्ण हुने बोर्डले जनाएको छ ।
तालिममा पाका अभिनेता सरोज खनालदेखि निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलासम्म छन् । कलाकार विजय बराल, केकी अधिकारी, प्रमोद अग्रहरि, रविन्द्रसिंह बानियाँ, नाजिर हुसेन लगायतका कलाकार पनि तालिममा सहभागी हुनेछन् ।
तालिमबारे बोर्ड अध्यक्ष डीसीले भने, ‘नेपाली चलचित्रमा ऐतिहासिक, पौराणिक र एक्सन विषयका कथावस्तु बढ्दै गएको सन्दर्भमा घोडाचढी जस्तो सीप अब वैकल्पिक होइन, अनिवार्य बन्दै गएको छ । कलाकार र स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित र व्यावसायिक बनाउने उद्देश्यले यो तालिम सुरु गरिएको हो ।’
यसले फिल्मको गुणस्तरमा वृद्धि गर्नुको साथै नेपाली सिनेमालाई अन्तर्राष्ट्रियस्तरमा उकास्न मद्दत गर्ने जनाइएको छ । तालिमले सीप, सुरक्षा र उत्पादन गुणस्तरको दृष्टिले नेपाली फिल्मलाई नयाँ चरणमा प्रवेश गराउने विश्वास बोर्डले लिएको छ ।
प्रतिक्रिया 4