+
+
Shares

भारतको आन्ध्र प्रदेशमा बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको आन्ध्र प्रदेशको मार्कापुरम जिल्लाको रायावरम नजिकै भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा निजी बस र ट्रक ठोक्किएर आगो लागेको थियो र धेरै यात्रु घाइते भएका छन्।
  • प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

काठमाडौं । भारतको आन्ध्र प्रदेशको मार्कापुरम जिल्लाको रायावरम नजिकै भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।

बिहीबार बिहान स्थानीय टाइल खानी नजिकै एउटा निजी बस र ट्रक ठोक्किएपछि दुवै सवारी साधनमा आगो लागेको थियो ।

मार्कापुरमका डीएसपी हर्षवर्धन राजुका अनुसार दुर्घटनामा बसमा सवार १४ जनाको मृत्यु भएको हो ।

रिपोर्टका अनुसार दुर्घटनामा अन्य धेरै यात्रुहरू पनि घाइते भएका छन् । दुर्घटनामा परेका बस र ट्रक नराम्ररी जलेका छन् ।

प्रधानमन्त्री मोदीले यस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?