+
+
WC Series
चितवन राइनोज 2025
101/3 (13.1)
VS
४१ बलमा ६६ रन आवश्यक
कर्णाली याक्स 2025
166/3 (20)
Shares

चर्चित माओवादी नेता हिड्मा इनकाउन्टरमा मारिएको भारतीय प्रहरीको दाबी

डीजीपी महेश चन्द्र लड्डाका अनुसार आन्ध्र प्रदेशको मारेदुमिली जंगल क्षेत्रमा भएको इनकाउन्टर पछि मंगलबार बिहान हिड्मासँगै उनकी श्रीमतीको शव बरामद गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको आन्ध्र प्रदेश प्रहरीले माओवादी नेता माड्वी हिड्मालाई इनकाउन्टरमा मारिएको दाबी गरेको छ।
  • आन्ध्र प्रदेशको मारेदुमिली जंगलमा सुरक्षाबल र माओवादीबीच भिडन्त हुँदा हिड्मा र उनकी श्रीमतीको शव बरामद गरिएको छ।
  • माड्वी हिड्मा माओवादीका शीर्ष कमान्डर थिए र विभिन्न आक्रमणमा उनको महत्त्वपूर्ण भूमिका थियो।

२ मंसिर, काठमाडौं । भारतको आन्ध्र प्रदेश प्रहरीले भारतीय कम्युनिस्ट पार्टी माओवादीका चर्चित नेता माडवी हिड्मा इनकाउन्टरमा मारिएको दाबी गरेको छ ।

आन्ध्र प्रदेश प्रहरीको गुप्तचर विभागका अतिरिक्त डीजीपी महेश चन्द्र लड्डाले मंगलबार ५१ वर्षीय माओवादी नेता हिड्मा इनकाउन्टरमा मारिएको दाबी गरेका हुन् ।

हिड्मा प्रहरीको मोस्ट वान्डेट सूचीमा थिए । उनी भारतीय माओवादी पार्टीका चर्चित अनुहार र शीर्ष नेता समेत थिए ।

डीजीपी महेश चन्द्र लड्डाका अनुसार आन्ध्र प्रदेशको मारेदुमिली जंगल क्षेत्रमा भएको इनकाउन्टर पछि मंगलबार बिहान हिड्मासँगै उनकी श्रीमतीको शव बरामद गरिएको छ ।

आन्ध्र प्रदेशको अल्लुरी सीतारामराजू जिल्लाको मारेदुमिली नजिक मंगलबार बिहान ६ देखि ७ बजेको समयमा सुरक्षाबल र माओवादीबीच भिडन्त भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

माओवादी नेता माड्वी हिड्मालाई पक्राउ गर्न सूचना दिनेलाई केन्द्र सरकार र विभिन्न प्रदेश सरकारहरूले झण्डै एक करोडको इनाम दिने घोषणा गरेका थिए ।

सरकारी विवरणहरूका अनुसार माओवादीका सबभन्दा बलियो सैन्य दस्ताका कमान्डरमध्येका एक थिए हिड्मा । सन् २०१० मा ७६ जना जवानको मृत्यु भएको दंतेवाडा आक्रमण, सन् २०१३ मा कंग्रेस आई नेतृत्वमाथि भएको आक्रमण, सन् २०१७ र २०२१ मा सुरक्षाबलमाथि भएको आक्रमणमा  हिड्माको महत्त्वपूर्ण थियो ।

दक्षिण बस्तर क्षेत्रमा पर्ने सुकमा जिल्लाको पूर्वी गाउँमा जन्मिएका थिए हिड्मा । १७ वर्षको हुँदा नै माओवादी प्रवेश गरेका हिड्माको अन्य दुई नाम थिए–हिदमाल्लु र सन्तोष । हिड्मा सन् १९९६–९७ आसपास माओवादी संगठनमा जोडिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?