१५ कात्तिक, काठमाडौं । भारतको आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाको वेङ्कटेश्वर मन्दिरमा भागदौड मच्चिदा नौ श्रद्धालुको मृत्यु भएको छ।
आन्ध्र प्रदेशको राज्यपाल कार्यालयले काशीबुग्गास्थित मन्दिरमा भागदौड मच्चिदा नौ श्रद्धालुको मृत्यु भएको पुष्टि गरेको छ।
राज्यपाल कार्यालयको आधिकारिक एक्स अकाउन्टमा भनिएको छ, ‘आन्ध्र प्रदेशका राज्यपाल एस. अब्दुल नजीरले शनिवार श्रीकाकुलम जिल्लाको काशीबुग्गास्थित वेङ्कटेश्वर स्वामी मन्दिरमा भीडका कारण भएको भागदौडमा नौ श्रद्धालुको निधनप्रति दु:ख र समवेदना व्यक्त गर्नुभएको छ ।’
यसअघि आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले भागदौडको पुष्टि गर्दै केही श्रद्धालुको मृत्यु भएको बताएका थिए । उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको उचित उपचार गर्न निर्देशन पनि दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4