+

शंकरको शतक, दिनेशको अलराउन्ड प्रदर्शनमा पुलिसको जित

२०८२ चैत  १२ गते १६:३३ २०८२ चैत १२ गते १६:३३
शंकरको शतक, दिनेशको अलराउन्ड प्रदर्शनमा पुलिसको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले पीएम कप पुरुष राष्ट्रिय क्रिकेटमा बागमतीलाई ७ विकेटले पराजित गरेको छ।
  • शंकर रानाले १२८ बलमा ११६ रन बनाए भने दिनेश खरेलले ७० रन बनाए।
  • बागमतीले ४९.२ ओभरमा २६५ रन बनाएको थियो र पुलिसका राशिद खान र दिनेश खरेलले ३-३ विकेट लिए।

१२ चैत, काठमाडौं । शंकर रानाको शतक तथा दिनेश खरेलको अलराउन्ड प्रदर्शन मद्दतमा नेपाल पुलिस क्लबले पीएम कप पुरुष राष्ट्रिय क्रिकेटमा दोस्रो जित निकालेको छ ।

बिहीबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले बागमतीलाई ७ विकेटले पराजित गरेको हो । २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

शंकर रानाले १२८ बलमा १३ चौका र ३ छक्कासहित ११६ रन बनाए । अर्का ओपनर दिनेश खरेलले ७० रन बनाए । शंकर र दिनेश मिलेर पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए ।

कप्तान आरिफ शेख ४३ तथा राशिद खान १० रनमा अविजित रहे । बागमतीका रिजन ढकाल, सुवास खत्री र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले ४९.२ ओभरमा २६५ रन बनाएको थियो । बागमतका लागि इशान पान्डे र पवन थापाले अर्धशतक बनाए ।

पवनले १०१ बलमा ७९ तथा इशानले ८० बलमा ७० रन बनाए । आशुतोष घिरैयाले २२ तथा उत्तम थापा मगरले २१ रन बनाए ।

पुलिसका लागि राशिद खान र दिनेश खरेलले ३-३ विकेट लिए भने करण केसीले २ अनि ललित राजवंशीले १ विकेट लिए ।

पहिलो खेलमा आर्मीसँग पराजित भएको पुलिसले त्यसपछि एपीएफलाई हराएको थियो ।

नेपाल पुलिस क्लब पीएम कप क्रिकेट शंकर राना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय