+
+
Shares

ओलीको समीक्षा- अश्लील प्रचारबाट प्रहार भयो, यस्तासँग के बोल्ने भनेर चुप बस्यौँ

‘मैले धेरै वर्षअगाडि एउटा कुरा भनेको थिएँ–गोरु नाङ्गै भएको देख्दा शरम मान्नुपर्दैन, किनभने त्यो जातै त्यस्तै हो । गोरुले कहिल्यै पनि वस्त्र लगाउँदैन,’ ओलीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १६:१८

१२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि असत्य र अश्लील शैलीमा प्रचार हुँदा पार्टी पङ्तिबाट प्रतिवाद हुन नसकेको समीक्षा सुनाएका छन् । एमाले मुख्यालय च्यासलमा बिहीबार नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै ओलीले निर्वस्त्र प्रचारको सामना गर्न नसक्दा एमाले चुनाव हारेको दाबी गरेका हुन् ।

‘असत्य, अभद्र, अश्लील प्रचारबाट हामीहरुमाथि प्रहार भयो । हाम्रो सभ्य शैलीले त्यसको मुकाबला गर्न सकेन,’ ओलीले भने, ‘बरु यस्तासँग के बोल्ने, के प्रतिवाद गर्ने भन्ने हिसाबले चुप लाग्ने खालको एउटा प्रवृत्ति बढ्यो ।  हामीले डटेर त्यसको सामना गर्न सकेनौँ ।’

यो कुरा आफूले पहिल्यै भनेको पनि पार्टी सांसदलाई उनले सुनाए । ‘मैले धेरै वर्षअगाडि एउटा कुरा भनेको थिएँ–गोरु नाङ्गै भएको देख्दा शरम मान्नुपर्दैन, किनभने त्यो जातै त्यस्तै हो । गोरुले कहिल्यै पनि वस्त्र लगाउँदैन,’ ओलीले भने ।

‘कोही उसका उद्देश्यअनुसार नै निर्वस्त्र हुन्छ, हामीले त्यसको पनि सामना गर्नुपर्ने हुन्छ,’ ओलीले अगाडि भने ।

सामाजिक सञ्जालबाट गरिएको हमलाको प्रतिवादमा एमाले पङ्तिको ध्यान नपुगेगो पनि ओलीले दाबी गरे । ‘खालि अरुले गरिदिए हुन्थ्यो भन्ने प्रवृत्ति हाम्रो भयो,’ उनले भने ।

बोल्न तयार नहुने स्थितिले सत्य कुरा जनतामा पुर्‍याउन नसकिएको उनले बताए । ‘पार्टीमा एकाध बोल्ने भयो, अरु लाग्ने अवस्था रह्यो,’ उनले भने ।

एमाले नराम्रो कामबाट पछाडि नपरेको उनले बताए । उनले भने, ‘हामी राम्रो कामले पछाडि पारिएको हो, त्यसैले हताश हुनुपर्ने आवश्यकता छैन । किनभने हामी सत्यको बाटोमा छौँ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?