News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी अझै पनि देशको राजनीतिक शक्तिको रुपमा कायमै रहेको बताएका छन्।
- ओलीले सरकारले जादुयी चुनाव मञ्चन गरेर रास्वपाले लगभग दुई तिहाइ सिट ल्याएको टिप्पणी गरेका छन्।
- उनले एमाले अहिले पनि प्रतिनिधिसभामा २५ सिट रहेको र पार्टी तेस्रो शक्तिको रुपमा रहेको उल्लेख गरे।
१२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी अझै पनि देशको राजनीतिक शक्तिको रुपमा कायमै रहेको बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा सांसदहरूलाई सम्बोधन गर्दै उनले एमाले अझै तेस्रो शक्तिको रुपमा रहेको बताएका हुन् ।
उनले सरकारले जादुयी चुनाव मञ्चन गरेर रास्वपाले लगभग दुई तिहाइ सिट ल्याएको पनि टिप्पणी गरे ।
‘जादुमयी चुनाव मञ्चन गरेर लगभग दुई तिहाइ ल्यायौं भनियो । योअघि रास्वपाको २१ सिट थियो । अहले पनि प्रतिनिधिसभामा हामी त्यो भन्दा बढि छौं । हामी अलिकति खस्किएर यहाँ आइपुग्यौं,’ उनले भने, ‘कुनै चिज क्याइमेक्समा पुगेपछि घट्ने दिशामा लाग्छ । हामी कुनै गल्तीले, सुशासनविरुद्धको कामले, असक्षम भएर हामी यहाँ आइपुगेका होइनौं ।’
ओलीले घृणाको राजनीतिले अहिलेको अवस्थामा पुगेको भन्दै जनताको साथ लिएर फेरि अघि बढ्ने प्रण गर्नुपर्ने बताए ।
‘२१ सिट हुनेले दुई तिहाइ पुर्याउँछ भने हामीसँग अहिले पनि २५ सिट त छ नि । तर पनि नेकपा एमाले तेस्रो शक्तिको रुपमा एमाले रहेकै छ त,’ उनले भने, ‘अनेक शक्ति नामोनिशासन नरहँदा पनि हामी शक्तिको रुपमा छौं । हामी सकियौं भन्ने कुरा होइन ।’
उनले यो निर्वाचनबाट गहिरो शिक्षा प्राप्त भएको पनि बताए ।उनले थपे, ‘गहिरो र गभ्मीर शिक्षा लिने अवसर प्राप्त गरेका छौं । शिक्षा लिएर आफूलाई चुस्त दुरुस्त अगाडि बढाउनुपर्छ ।’
प्रतिक्रिया 4