
Photo Credit : प्रधानमन्त्रीको सचिवालय
२७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले बारा र पर्साका आँधी पीडितका लागि ४० लाख भन्दा बढी सहयोग गरेको छ । यसअघि घोषणा गरेबमोजिम महानगरपालिकाले ४० लाख ३१ हजार ४ सय १३ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गरेको हो ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरे ।
केही दिन अघि महानगरपालिकाको नगरकार्यपालिका बैठकले बारा र पर्साका आँधी प्रभावितका लागि महानगरपालिकाका तर्फबाट २५ लाख र जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकमध्येबाट एक दिनको तलब सहयोग गर्ने निर्णय गरेको थियो । चैत १७ गते राती बारा र पर्सामा भिषण हावाहुरी चल्दा ठूलो जनधनको क्षति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4