+
+
Shares

रास्वपा सभापति रवि लामिछाने ३ दिने भ्रमणका लागि भारत जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ५ गते २२:१६

५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने भएका छन् । उनको यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनिएको छ ।

लामिछाने शुक्रबार (कात्तिक ६) गतेदेखि तीन दिनका लागि भारत जान लागेको उनको निजी सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ।

तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?