+
+
Shares

भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, भने– अहिले उठेका सबै विषयमा संवाद हुन्छ

‘हाम्रा प्राथमिकताका विषयमा हामी संवाद गर्छौं । अहिले उठेका सबै विषयमा हामी संवाद गर्छौं,’ खनालले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा २२ जेठमा भारतको तीनदिने औपचारिक भ्रमणमा प्रस्थान गरेका छन् ।
  • भ्रमणका क्रममा नेपाल र भारतबीचको व्यापार, लगानी, ऊर्जा क्षेत्र र द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा विस्तृत छलफल हुनेछ ।
  • प्रस्थानअघि उनले भने, “हाम्रा प्राथमिकताका विषयमा हामी संवाद गर्छौं । अहिले उठेका सबै विषयमा हामी संवाद गर्छौं ।”

२२ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा निस्किएका छन् । उनी केहीबेर अघि भ्रमणका लागि विमानस्थल पुगेका हुन् ।

परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा निस्किएका हुन् ।

उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देशको प्राथमिकताबारे संवाद गर्ने बताए । ‘हाम्रा प्राथमिकताका विषयमा हामी संवाद गर्छौं । अहिले उठेका सबै विषयमा हामी संवाद गर्छौं,’ खनालले भने ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विशेषगरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार–विमर्श हुने कार्यसूची रहेको छ ।

नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ ।

भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फिर्ता फर्कने कार्यतालिका रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?