Comments Add Comment

एल्बम विक्रीबाट कमाएको ४ लाख च्यारेटीमा खर्च गरे हेमनले

heman help
गायक हेमन मोक्तानले आफ्नो गीति एल्बम ‘फर्माइस’ को बिक्री र च्यारेटीवाट उठेको रकम एचआइभी संक्रमित वालवालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गर्ने भएका छन् ।

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको हातवाट गएको पुषमा एल्बम विमोचन गरेका गायक मोक्तानले नेता नेपालकै हातवाट ४ लाख १६ हजार ७५ रुपैंयाको चेक बेबी लाइफ होमलाई हस्तान्तरण गरेका छन् । जहाा २३ जना एचआइभी संक्रमित बालबालिका अध्यन गरिरहेका छन् ।

एल्बम सार्वजनिक भए लगत्तै सांगीतिक अभियानको साथमा हेमन कतार पुगेका थिए । कतारमा रहेका विभिन्न गैरआबसिय संघ सस्थाहरुको सहकार्यमा च्यारिटी कार्यक्रम गरेेर चार लाख बढी रकम उठाउन सफल भएका थिए ।

मानव जीवन संरक्षण मंचको अध्यक्ष समेत रहेका हेमनले विशेषगरि असहाय, बिपन्न, आर्थिक स्थिती कमजोर भएका बालबालिकालाई शिक्षा र स्वस्थको क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment