Comments Add Comment

मनमोहन अधिकारीदेखि निर्मल लामासम्मले गरेका थिए आँखादान

दानीका आँखाबाट १२ हजारले हेर्न पाए संसार

२९ असोज, काठमाडौं । नेपालमा आँखादान सुरु भएको २२ वर्षमा करिब १२ हजार दृष्टिविहीनले संसार देख्न पाएका छन् । तिलगंगा आँखा प्रतिष्ठानको तथ्यांकअनुसार हालसम्म ११ हजार नौ सय ८० दृष्टिविहीनमा आँखाको नानी प्रत्यारोपण गरिएको छ ।

Manamohan Adhikariआँखा दान गरेका व्यक्तिको मृत्युपछि आँखा निकालेर दृष्टिविहीनमा प्रत्यारोपण गरिन्छ । आँखा दान गर्ने ११ हजार दुई सय १७ नेपाली नागरिक छन् ।

त्यस्तै, सात सय ६३ विदेशी नागरिकले आफ्नै देशबाट सहयोगस्वरूप आँखाका नानी नेपाली दृष्टिविहीनलाई उपलब्ध गराएका आजको नयाँ पत्रिकामा समाचार छ ।

पूर्वप्रधानमन्त्री तथा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले पनि आँखादान गरेका थिए ।

मृत्युपश्चात् उनको आँखा निकालेर दृष्टिविहीनमा प्रत्यारोपण गरिएको थियो । त्यस्तै, कम्युनिस्ट नेता निर्मल लामा, साहित्यकार केदारमान व्यथित, सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेती, साहित्यकार जगदीश घिमिरे, अभिनेत्री शान्ति मास्के, हास्य कलाकार हरिवंश आचार्यकी प्रथम पत्नी मिरा आचार्य, पूर्वप्रधानमन्त्री माधव नेपालका पिता मंगलकुमार उपाध्यायले पनि मृत्युपश्चात् आँखादान गरेका थिए ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल र कीर्तिनिधि विष्ट, पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी, एमाले नेता प्रदीप नेपाल, कलाकारहरू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजेश हमाल, करिश्मा मानन्धरलगायतले पनि मृत्युपछि आँखादान गर्ने इच्छापत्रमा स्वीकृति दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment