Comments Add Comment

फिफा बरियतामा नेपाल १८६औं स्थानमा यथावत

Fifa

४ कात्तिक, काठमाडौं । विश्व फुटबल महासंघ फिफाको नयाँ बरियातामा नेपाल १८६औं स्थानमा यथावत रहेको छ ।

दक्षिण एशियामा नेपाल चौथो स्थानमा यथावत छ । नेपालभन्दा अगाडि भारत, माल्दिभ्स र भुटान छन् । मासिक बरियातामा १० स्थान सुधार गरेको भुटान १७९औं स्थानमा पुगेको छ । भुटान नेपालभन्दा ७ स्थान माथि छ ।

त्यस्तै भारत ११ स्थान सुधार गर्दै १३७औं स्थानमा पुगेको छ भने ७ स्थान सुधार गरेको माल्दिभ्स १५८औं स्थानमा पुगेको छ ।

यता बंगलादेश तीन स्थान खस्कँदै १८७औं स्थानमा पुगेको छ । बरियातामा श्रीलंका र पाकिस्तान क्रमसः १९४औं र १९७औं स्थानमा छन् ।

फिफा बरियाताको शीर्ष स्थानमा अर्जेन्टिना यथावत छ । एक एक स्थान सुधार गर्दै जर्मनी र ब्राजिल क्रमसः दोस्रो र तेस्रो स्थानमा आउँदा बेज्लियम र कोलम्बिया तेस्रो र चौथो स्थानमा झरेका छन् ।

चिली छैटौं स्थानमा छ भने एक स्थान सुधार गर्दै फ्रान्स सातौं, १ स्थान खस्केर पोर्चुगल आठौं र उरुग्वे नवौं स्थानमा छन् । एक स्थान सुधार गरेको स्पेन शीर्ष दशमा समावेश भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment