Comments Add Comment

विदेशमा बसेर हिट हुन गाह्रो रहेछः गायक समिर

www.instagram.com/satishphotography

अष्ट्रेलियामा रहेर पनि सांगीतिक क्षेत्रमा सक्रिय छन् गायक समिर आचार्य । ‘दुनियाँ वेग्लै छ र हैन भन्देउ न माया’ जस्ता हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइरहेका समिरसँग अनलाइनखबरले गरेको कुराकानी यसप्रकार छः

‘दुनियाँ बेग्लै छ’ले समिरको यात्रालाई कसरी अगाडि बढाउँदैछ ?
अहिले म मेरो र नेपालको दुरी घटाउन सांगीतिक दुनियाँलाई तिव्रताका साथ लैजान व्यस्त छु । ‘दुनियाँ वेग्लै छ’ सवैजनाले मन पराइदिनुभएको गीत हो । जसमा मेरो र अमेरिकामा बस्दै आएकी गायिका निक्की कार्कीको स्वर छ । यसलाई मेरो भाग्य भनौ कि के भनौ, करीव ४ महिनाको अवधीमा लाखौले युटुबबाट हेरिसक्नु भयो । नेपालमा त यो गीतलाई अझ धेरैले मन पराउनु भएको रहेछ । यसैले पनि म अत्यन्त खुशी छु ।

तपाइको सांगीतिक इतिहासको बारेमा बताइदिनुहुन्छ ?
सांगीतिक सवालमा कुरा गर्ने हो भने म मेरो परीवारको दोस्रो पुस्ता हुँ । मेरो वुवा डा. गोविन्द आचार्य लोक गायक तथा संगीतकार हुनुहुन्छ । उहाँका करिब २५ वटा एल्वमहरु वजारमा आइसकेका छन् । उहाँको वाटोलाइ नै मैले निरन्तरता दिएको हो । मैले पनि करीव २७ वटा जति गीतहरु गाइसकेको छु, करिव १२ वटा जति युटुयुवमा भेट्न पनि सकिन्छ । नेपाल छाडेर आएको ९ बर्ष भएछ । तर, सांगीतिक नशाले मलाई छाडेको छैन ।

देश बाहिर बसेर गीतसंगीतलाई अगाडि बढाउन कत्तीको सहज छ ?
वास्तवमा एकदमै गाह्रो पनि छ । नेपाली कलाकार हिट हुनलाई नेपालमा नै बस्नुपर्ने रहेछ । अनीमात्र, विश्वभरका नेपालीको आँखा पुग्ने रहेछ । म सधै नै गीत हिट हुनुपर्छ भन्ने मान्यताले नै गाउँछु । अहिले, विस्तारै दर्शक तथा श्रोताको मनमा बस्न पनि सफल भएको छु ।

विदेशमा बसेर गीत गाउँदा आम्दानी हुन्छ त ?
गीत गाएर आम्दानी हुन्छ । तपाइले आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने पनि मुख्य कुरा हो । विदेशमा धेरै आयोजक निशुल्क नै गाइदिए हुन्थ्यो जस्तो गर्छन् । यसैले, पनि अहिले मैले आफैले कार्यक्रम छानेर मात्र सहभागी हुने गरेको छु । केही च्यारेटी शोमा भने मैले निशुल्क पनि गाएको छु ।

अबका नयाँ प्रोजेक्ट के-के छन् ?
अव तिहार पछि देउडा गीत लिएर श्रोतमाँझ आउँदैछु । टिका प्रसाइ र मैले गाएको गीतसँगै मेरो आवाज रहेको चलचित्र ‘कुम्भकरण’को गीत पनि तिहार अगाडि आउँछ होला । यसपछि, ‘उडान’ एल्बमको कलेक्शन गीत पनि बजारमा आउने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment