Comments Add Comment

जनजाति राष्ट्रिय महासंघले भन्यो- हाम्रो समर्थन अख्तियारलाई छ

महाअभियोग गल्ति सुधार्ने अवसर, लोकमान तानाशाही

९ कात्तिक, काठमाडौं । आदिवासी जनजाति राष्ट्रिय महासंघ नेपालले लोकमासिंह कार्की आफै भ्रष्टाचारी र अलोकतान्त्रिक व्यक्ति भएकाले उनी विरुद्धको महाअभियोग प्रस्ताव सर्वसहमतिले पारित गर्न दलहरुलाई अपील गरेको छ ।

suresh-aalemagarमहासंघले आज विज्ञप्ती निकालेर कार्की जनआन्दोलनका दमनकारी तथा रायमाझी आयोगले दोषी ठहर्‍याएका व्यक्ति भएकाले कुनै हिच्किचाहट उनी विरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न माग गरेको हो ।

महासंघका महासचिव सुरेश आले मगरले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, ‘उनको नियुक्तिका क्रममा जनस्तरबाट सर्बत्र विरोध हुादा पनि टेरपुच्छर लगाइएन, अब गल्ति सुधार्ने बेला भएको छ ।’

विज्ञप्तीमा महासंघले भ्रष्टाचार न्यूनीकरणका लागि आयोगले असल नियतले गरेका सबै कामको पक्षमा उभिने पनि बताएको छ । र, आगामी दिनहरुमा पनि भ्रष्टाचार विरुद्ध सक्रिय रहन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ ।

तर प्रमुख आयुक्त कार्कीले जस्तो मनोमानीपूर्ण एवं प्रतिशोधपूर्ण तरिकाले सर्वत्र आतंक मच्चाउने गतिविधिबाट टाढा बस्न पनि अन्य पदाधिकारीहरुलाई सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment