Comments Add Comment

सुरक्षा र स्वरुपको ‘सुस्केरा’, फिल्मबाट प्रेम सिक्ने नायिकाको विश्वास

suskera-ghosana-2

निर्देशक साम्तेन भुटियाले यस अगाडि केहि चलचित्र निर्देशन गरिसकेका छन् । उनले निर्देशन गरेको चलचित्र ‘लेटर’मात्र रिलिज भएको छ । चलचित्र ‘त्यान्द्रो, अनागत’ रिलिजका लागि बाँकी छन् । तर उनै भुटियाले चलचित्र ‘सुस्केरा’को घोषणा गरेका छन् । मौरी प्रोडक्शनले यो चलचित्र निर्माण गर्नेछ ।

आज ललितपुरमा आयोजना गरिएको कार्यक्रममा चलचित्र ‘अझै पनि’ डेब्यू नायिका सुरक्षा पन्त र नव-नायक स्वरुप पुरुष ढकाललाई लिएर चलचित्र बनाउन लागिएको जानकारी दिइयो ।suskera-ghosana-3

मुम्बइमा रहेर अभिनय सिक्दै आएका ढकाल चलचित्रका संगीतकार पनि हुन् । उनले कार्यक्रममा एक नेपाली र एक बलिउड गीत गाएर पनि सुनाएका थिए ।

यो चलचित्रले प्रेमको भाषा बोल्ने निर्देशकको भनाई छ । कार्यक्रममा बोल्दै नायिका पन्तले प्रेमलाई कसरि खोजिन्छ भन्ने कथामा यो चलचित्र बन्न लागेको बताइन् । उनले ‘अझै पनि’मा काम गरेपछि आफूलाई चलचित्र खेल्नु साधारण कुरा होइन भन्ने लागेको उनले सुनाइन् । यसैले केहि समय लगाएर आफूले चलचित्र खेल्न लागेको उनले सुनाइन् । suskera-ghosana-1

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले शुभकामना मन्तव्य राखेका थिए ।
मंसिर १ गतेबाट छायांकनमा जाने यो चलचित्रलाई नेपाली र हिन्दी भाषामा निर्माण गरिनेछ । चलचित्रको रिलिज पनि नेपाल र भारतमा एकसाथ हुने जानकारी निर्माणपक्षले दिएको छ । नरेशदेव पन्त यो चलचित्रको कार्यकारी निर्माता हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहनेछ । suskera-ghosana-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment