Comments Add Comment

प्रभु इन्स्योरेन्सको १७ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद पारित

 

prabhu-insurance
१२ कात्तिक, काठमाडौं । प्रभु इन्स्योरेन्सको शुक्रबार सम्पन्न २१औं वाषिर्क साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको १७ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद सेयर पारित गरेको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षमा १४करोड ९३ लाख २ हजार रुपैयाँ खुद नाफा गरेको थियो । बोनस तथा हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ५७ करोड ७५ लाख ५२ हजार रुपैयाँ हुनेछ ।

कम्पनीले आर्थिक वर्ष ०७२/०७३ मा७६ करोड १७ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । चालु आर्थिक वर्षको प्रथम त्रैमासिकसम्ममा २४ करोड २७ लाख ५५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.३० प्रतिशत बृद्धि भएको छ ।

कम्पनीले बिगत वर्षदेखिनै मुलुकका दुर्गम जिल्लाहरुमा कृषि शाखाहरुको स्थापना गरि बीमा सेवा विस्तार गरेको छ । कम्पनीको शाखाबिस्तार गर्ने योजनाअनुरुप निकट भविष्यमै पहाडी तथा तराई क्षेत्रमा थप शाखा स्थापनाको प्रकृया अगाडि बडाइएको छ ।

हालमुलुकभर कम्पनीका केन्दि्रय कार्यालय सहित १९ शाखा तथा उपशाखाहरु संचालनमा रहेका छन् । आगामी दिनमा कम्पनीको सेवा विस्तारको लागि आवश्यक क्षेत्र पहिचान गरि शाखा बिस्तार गर्ने तथा कम्पनीलाई आवश्यकता अनुसार अझ बढी आधुनिकिकरण गर्दै लैजाने कम्पनीको योजना रहेको प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment