Comments Add Comment

भुजी लिगको उपाधि लेसु खोलालाई

vujee-league१३ कात्तिक, रामेछाप । रामेछाप भुजीको लेसु खोला लघु जलविद्युत् आयोजनाले जिल्लाकै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता भुजी लिग रनिङ सिल्डको उपाधि जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा काठमाडौंको बेथलेहेम युथ क्लबलाई ३-२ गोलअन्तरले पराजित गर्दै लेसु खोलाले उपाधि पक्का गरेको हो ।

भुजी खेलमैदानमा भएको खेलमा दुई गोललेपछि परेको अवस्थालाई उल्ट्याउँदै लेसु खोलाले उपाधी हात पारेको हो । उसको जितमा सुरेश खत्रीले दुई तथा अमित लामाले एक गोल गरे । बेथलेहेमले खेल सुरु भएको तेस्रो मिनेटमै १-० को अग्रता बनाएको थियो । सुनिल लामाले गोल गर्दै टोलीलाई १-० ले अघि बढाएका थिए । त्यसपछि खेलको ११ औं मिनेटमै सुवास सुनुवारले बेथलेहेमलाई २-० ले अघि राखे ।

तर त्यसपछि समालिएको लेसु खोला खेलमा र्फकंदै उपाधि नै चुम्न सफल भयो । लेसु खोलाले २५ औं मिनेटमा पहिलो गोल फर्काएको थियो । अमित लामाले टोलीलाई १-२ को अवस्थामा पुर्‍याए । खेलको दोस्रो हाफमा सुरेश खत्रीले लगातार दुई गोल गरेपछि लेसु खोला विजयी बन्यो । खेलको ४६ औं मिनेटमा पहिलो गोल गर्दै खेललाई २-२ को बराबरीमा फर्काएका सुरेशले ८६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लेसु खोलालाई भुजी लिगको नयाँ विजेता बनाए ।

उपाधिसहित लेसु खोलाले ५१ हजार पाँच सय रुपैयाँ प्राप्त गर्‍यो भने बेथलेहेमले २५ हजार भेट्यो । शुक्रबार नै भएको खेलमा प्रीतिको मिलनचोक युथ क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै तेस्रो स्थान हातपारेको ओखलढुंगा खिँजीको पवित्र युथ क्लबले १३ हजार पाँच सय रुपैयाँ प्राप्त गर्‍यो । निर्धारित समयको खेल १-१ गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निणर्ाय लिइएको थियो । प्रतियोगितामा विभिन्न २४ टोलीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment