Comments Add Comment

संविधान संशोधनका लागि दलहरु मिल्नुको विकल्प छैनः अध्यक्ष राणा

Pashupati-Samser Rana१४ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबरा राणाले संविधान संशोधन र कार्यान्वयनको लागि दलहरु मिल्नुको विकल्प नभएको बताएका छन् ।

संविधान संशोधन नगरी मुलुकको समस्या समाधान हुन नसक्ने भन्दै उनले त्यसको लागि प्रमुख दलहरु एक ठाउँमा उभिनुपर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालको नेतृत्वमा पुगेको पत्रकारहरुको देउसी-भैलो टोलीसँग कुरा गर्दै अध्यक्ष राणाले पछिल्लो समय कांग्रेस, एमाले र माओवादी केन्द्रवीच देखिएको सहमतिले मुुलुक अब सहमतिको दिशामा अघि बढ्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment