Comments Add Comment

मुखर्जी स्टायलः गोजीमा सिक्री र दुईवटा कलम ! कसैलाई नमस्कार, कसैलाई सलाम !

mukharjee-style-1

१८ कात्तिक, काठमाडौं । उमेरले ८० वर्ष कटेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी बुधबार दिउँसो त्रिभुवन विमानस्थलमा ओर्लिएर रातो कार्पेटमा हिँड्दै गर्दा उनमा बुढ्यौलीको लक्षण प्रष्टै देख्न सकिन्थ्यो । रातो कार्पेटमा हिँड्ने क्रममा उनका गोडा निकै लुला देखिन्थे । विहीबार पशुपतिनाथमा पनि हिँडाइको स्टायल उस्तै थियो ।

mukharjee-style-2
हँसमुख मुहारका राष्ट्रपति मुखर्जीको अभिवादन गर्ने शैली मूलतः चार किसिमका देखिए । जनमानस वा समूहलाई उनले हात उठाएर अभिवादन गरे । सलामी अर्पण गर्दा वा सैनिक अधिकारीले गरेको सलाम फर्काउने बेलामा उनले निधारमा हात लगे । र, अधिकांशलाई उनले दुई हात जोडेर नमस्कार गरे ।

mukharjee-style-4

राष्ट्रकवि माधव घिमिरेले हात मिलाउन खोज्दा उनले नमस्कार गरे । अधिकांश नेताहरुसँग भने उनले मुस्कराउँदै हात मिलाए ।mukharjee-style-3

मुखर्जीको व्यक्तित्वमा झल्किने अर्को विशेषता भनेको उनको मीठो र कुटिल हँसाइ हो । प्रायः मन्द मुस्कानमा प्रस्तुत हुने मुखर्जी हाँसेका बेला उनी ८० वर्ष पुगेका छैनन् र अझै स्फूर्त छन् भन्ने प्रतीत हुन्थ्यो ।

यी भारतीय पाहुनाको अर्को विशेषताचाँहि उनको पोशाकमा देखियो । उनले कुनै ‘मोदी कोट’ लगाएनन्, बरु आफ्नै ‘मुखर्जी कोट’मा प्रस्तुत भए ।

mukharjee-style-5

पहिलो दिन र दोस्रो दिन उनको शरीरमा लुगाको रंग फेरिएको थियो तर डिजाइन एउटै थियो ।

घाँटीसम्म टप्प पारिएको कल्लर अनि गोजी बाहिरपट्टि निकालिएको मुखर्जीको कोटमा एउटा सिक्री सधैं झुण्डिएको देखिन्थ्यो । मुखर्जीको कोटको गोजीमा देखिएको सिक्री पकेट घडीको हो । भारतमा बिटिश साम्राज्यका बेलादेखि कुलीन वर्गका मानिसहरुले यसैगरी सिक्रीसहितको पकेट घडी प्रयोग गर्दै आएका छन् ।

गोजीमा घडीका साथै मुखर्जीले दुईवटा कलम (फाउण्टेन पेन) बोक्न बिर्सिएनन् । छातीमा ब्याज अनिवार्य जस्तै देखिन्थ्यो ।

mukharjee-in-nepal-1

खुइलिएको तालुमा लगभग असरल्लै छाडिएजस्तो देखिने पातलो तिलचामले कपाल । अनि, बुढ्यौली शरीरमा अलिकति ह्वाङल्याङ्ग जस्तै लाग्ने शुटमा सजिएका मुखर्जी एक जना सादा जीवनशैलीका प्रोफेसरभन्दा खासै फरक देखिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment