
५ चैत, काठमाडौं । नेपाली कांग्रेसले अनुशासन समितिलाई पूर्णता दिएको छ । केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले उमाकान्त चौधरी र धनराज गुरुङलाई आयोगमा थप्ने निर्णय गरेको हो ।
यसअघि सोमबार बसेको बैठकले भीमराज आङ्दम्वेको नेतृत्वमा किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहेको अनुशासन समिति गठन गर्ने निर्णय गरेको थियो ।
बैठकले राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीको नेतृत्वमा निर्वाचन समिति बनाएको छ भने रमेश लेखकको नेतृत्वमा नियमावली समिति बनाएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4