+
+
Shares

आङ्दम्वेको नेतृत्वमा अनुशासन समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ४ गते २०:५२

४ चैत, काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङ्दम्वेको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले आङ्दम्वेको नेतृत्वमा समिति गठन गरेको हो, जसमा किशोर सिंह राठौर र देवेन्द्रराज कँडेल सदस्य छन् । बाँकी सदस्यहरु पछि थप गरिनेछ ।

अनुशासन समितिले सहमतिबाट मात्र निर्णय गर्नेछ ।

स्रोतका अनुसार आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा नेताहरुले नाम वा अनुशासन समितिको निर्णय प्रक्रियामा सहमति खोज्नुपर्नेमा जोड दिएका थिए ।

सोमबार केन्द्रीय कार्यसमिति बैठक अघि नेताहरुबीच भएको छलफलमा नाममा सहमति जुटेन । तर, अनुशासन आयोगले सहमतिमा मात्र निर्णय गर्ने सहमतिपछि आयोग गठनमा सहमति जुटेको छ ।

अहिले आयोगमा रहेका तीनै जना देउवा पक्षको रोजाइमा आएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षबाट सदस्य थप हुन बाँकी छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा देउवा निकट नेताहरुले भने सहमतिबाट मात्र निर्णय गर्ने टीओआरको विरोध गरेका छन् । कांग्रेस बैठक भोलि पनि बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?