+
+
Shares

सरकारको कायैशैलीप्रति राष्ट्रिय सभा बैठकमा असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभामा सांसदहरूले सुशासन व्यवहारमा नदेखिएको, सडक मर्मतमा ढिलाइ भएको र सुरक्षाका कारण नागरिकले ज्यान गुमाएको भन्दै सरकारको आलोचना गरे।
  • सांसदहरूले दैलेखमा पुष्टि भएको मिथेन ग्यास भण्डारको उत्खनन अघि नबढाएकोमा आपत्ति जनाउँदै तत्काल परियोजना सञ्चालन गर्न सरकारसँग माग गरे।
  • असोजको अविरल वर्षापछि बाढी, पहिरो र डुबानबाट २१ जनाभन्दा बढीको मृत्यु र सयौँ विस्थापित हुँदा पनि राहत र उद्धार प्रभावहीन भएको सांसदहरूले आरोप लगाए।

१२ असोज, काठमाडौं । सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा शुन्य समयमा धारणा राख्दै उनीहरूले सुशासनको नारा व्यवहारमा नदेखिएको, दैलेखको ग्यास उत्खननमा ढिलाइ भएको र बाढी–पहिरोपीडितको उद्धार तथा राहत कार्य प्रभावहीन बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद विष्णुदेवी पुडासैनीले सडकका खाल्डाखुल्डी पुर्न नसक्नु र असुरक्षाका कारण नागरिकले ज्यान गुमाउनु सुशासनको उपहास भएको बताइन् ।

उनले सडकको दुरवस्थाका कारण यात्रा कष्टकर बनेको र बालिका हत्याका अभियुक्तहरूलाई न्युन धरौटीमा छाडिनु न्यायको मर्म विपरीत रहेको भन्दै सरकारको आलोचना गरिन् ।

सांसद विष्णुबहादुर विश्वकर्माले दैलेखमा मिथेन ग्यासको भण्डार पुष्टि भइसके पनि सरकारले उत्खनन कार्य अघि नबढाएकोमा आपत्ति जनाए । उनले राज्यको स्रोत उपयोग गर्न नसक्नु सरकारको कमजोरी भएको उल्लेख गर्दै ग्यासको हाहाकार टार्न तत्काल परियोजना सञ्चालन गर्न माग गरे ।

सांसद सावित्री मल्लले असोज महिनाको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानले पुर्‍याएको क्षतिप्रति चिन्ता व्यक्त गरिन् । अन्य सांसदहरुले पनि २१ जनाभन्दा बढीको मृत्यु र सयौँको विस्थापन हुँदा पनि सरकारले राहत र उद्धारमा विशेष प्याकेज नल्याएको आरोप लगाइन् ।

साथै, मृत्यु दर्तामा भइरहेको कानूनी झमेलालाई तत्काल फुकाउन सरकारसँग विशेष कानुनको माग गरिन् ।

सांसद बिष्णुबहादुर विश्वकर्माले पूर्वन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्दा अपनाइएको प्रक्रियामाथि प्रश्न उठाउँदै लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि सरकारलाई सचेत गराए ।

बैठकमा सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा भत्किएका सडक र पुलको तत्काल मर्मत गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?