+
+
Shares

गैरकानूनी ढंगले गरिएको गिरफ्तारी निरंकुशताको पराकाष्ठा : नेकपा सांसद राई

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १५:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीकी सांसद जयन्तीदेवी राईले विपद्को बेला सरकारले तीन तहको समन्वय र राजनीतिक सहमतिमा अघि बढ्नुपर्ने बताइन्।
  • उहाँले विस्थापितको व्यवस्थापन, राहत शिविरका बालबालिका, महिला, वृद्ध र बिरामीको स्वास्थ्य तथा सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो।
  • उहाँले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीलाई कानूनविपरीत र सरकारको कदमलाई तानाशाही तथा अलोकतान्त्रिक बताइन्।

१२ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद जयन्तीदेवी राईले मुलुकमा जारी विपद्को घडीमा सरकारले तीन तहको समन्वय र राजनीतिक सहमतिमा जोड दिनुपर्ने बताएकी छिन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उहाँले सरकारको पछिल्लो कार्यशैली र पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीका सन्दर्भमा समेत प्रश्न उठाइन् ।

सांसद राईले विपद्को समयमा सरकारले एक्लै अघि बढ्नुको साटो सबै राजनीतिक दल र सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

विस्थापितहरूको व्यवस्थापनबारे चिन्ता व्यक्त गर्दै सांसद राईले राहत शिविरमा रहेका बालबालिका, महिला, वृद्ध र बिरामीहरूको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिन् । सरकारलाई आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण उनले गराइन् ।

‘यो विपद्को अवस्थामा म सरकारको आलोचना गर्न उभिएकी होइन, तर सबै तहमा समन्वय नहुँदा समस्या समाधान हुन सक्दैन,’ उनले भनिन्, ‘अपराधीलाई कारबाही हुनुपर्छ, यसमा दुईमत छैन । तर कानूनको धज्जी उडाउँदै, बिनापूर्जी र गैरकानूनी ढंगले गरिएको गिरफ्तारी निरंकुशताको पराकाष्ठा हो ।’

साथै, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको प्रसंग उठाउँदै उनले सरकारको कदमलाई ‘तानाशाही र अलोकतान्त्रिक’ को संज्ञा दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?