+
+
Shares

सरकारको बारेमा बोल्न पटक्कै मन छैन, तर चुपचाप बस्न पनि सकिएन : नेकपा सांसद राई

सरकारले छोटो समयमा नै धेरै विवादित निर्णयहरू गर्दै गएको उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १४:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपाकी सांसद जयन्तीदेवी राईले सरकारले निजी सञ्चारमाध्याममाथि सरकारी सूचना तथा विज्ञापन रोक लगाउने निरंकुश निर्णय गरेको आरोप लगाएकी छन्।
  • उनले सरकारले विद्यार्थी संगठन खारेज गर्ने लगायतका अलोकतान्त्रिक निर्णय फिर्ता लिन माग गरिन्।
  • उनले महिला तथा किशोरीमाथि हुने साइबर हिंसालाई रोक्न सरकारसँग कडा कदम चाल्न आग्रह गरिन्।

२५ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद जयन्तीदेवी राईले सरकार निरंकुश बन्दै जान लागेको आरोप लगाएकी छन् ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा उनले सरकारले निजी सञ्चारमाध्यामहरूमाथि सरकारी सूचना तथा विज्ञापन रोक लगाउने निरंकुश निर्णय गरेको बताएकी हुन् ।

सरकारले छोटो समयमा नै धेरै विवादित निर्णयहरू गर्दै गएको उनको भनाइ छ ।

उनले निजी सञ्चारमाध्यामलाई विज्ञापनमा रोक लगाउने, विद्यार्थी संगठन खारेज गर्ने लगायतका अलोकतान्त्रिक निर्णय गरेकोले फिर्ता लिन माग गरिन् ।

उनले ठूलो जनविश्वास प्राप्त गरेको सरकारको बारेमा बोल्न मन नभए पनि एकपछि अर्को विवादित काम गरे पनि नबोली बस्न नसकेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘भर्खरै मन्त्रिपरिषद्को सचिवालयले सचिवस्तरीयको निर्णय परिपत्र गरेको छ । त्यो परिपत्र आउँदा नआउँदै अत्यन्तै विवादको अवस्थामा आइपुगेको छ । उक्त परिपत्रमा सरकारका सूचना, विज्ञापनहरू सरकारका सञ्चारमाध्यामले मात्रै गर्न पाउने र निजी सञ्चारमाध्यामले गर्न नपाउने भन्ने किसिमको जुन निर्णय गर्‍यो । त्यो अत्यन्तै गलत छ, त्यो अलोकतान्त्रिक छ ।’

उनले पछिल्लो समय महिला तथा किशोरीमाथि पनि साइबर हमला हुने गरेको बताइन् । महिलामाथि हुने साइबर हिंसालाई रोक्न कडा कदम चाल्न उनले सरकारसँग माग पनि गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?