+
+
Shares

संवेदनशील घटनामा सरकार गम्भीर देखिएन : नेकपा सांसद राई

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद जयन्तीदेवी राईले ओमप्रकाश मेहताको हत्याले मुलुकलाई स्तब्ध बनाएको भन्दै प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन माग गरिन्।
  • उनले सुनसरी घटनामा गोली कसको आदेशमा चलाइयो भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग राख्दै सुरक्षा संयन्त्रको भूमिकामा प्रश्न उठाइन्।
  • सांसद राईले उक्त घटनाले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भड्काउने कार्यमा बढावा दिएको भन्दै सरकार गम्भीर नभएको आरोप लगाइन्।

१५ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद जयन्तीदेवी राईले कप्तानगञ्जमा भएको ओमप्रकाश मेहताको हत्याले मुलुकलाई तरंगित र स्तब्ध बनाएको उल्लेख गरेकी छिन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा उनले यस्तो संवेदनशील घडीमा प्रधानमन्त्री स्वयं उपस्थित भएर घटनाको वस्तुस्थिति र समग्र अवस्थाबारे सदनलाई जवाफ दिनुपर्ने माग राखिन् ।

‘यो घटनाको प्रकृति हेर्दाखेरी झन जटिल बन्दै गइरहेको छ । र यो घटनाले आन्तरिक द्वन्द्व बढाउने र सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता भड्काउने कार्यमा बढावा दिइरहेको छ । यस्तो संवेदनशील घटनाप्रति सरकार गम्भीर देखिंदैन,’ उनले भनिन्, ‘आफैंले बोलाउनुपर्ने सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री उपस्थित हुनुभएको छैन । प्रधानमन्त्रीले तनाव सुरु हुने बित्तिकै सम्बोभन गरेको भए यत्रो क्षति हुँदैन्थ्यो होला । त्यसकारण सरकारले यसको उत्तर त दिनैपर्छ ।’

पछिल्लो घटनाक्रम झन् जटिल बन्दै गएको र यसले आन्तरिक द्वन्द्व, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा गम्भीर असर पुर्‍याइरहेको उनले बताइन् । उनले सुनसरीमा गोली किन र कसको आदेशमा चलाइयो ? भन्ने विषयमा निष्पक्ष छानबिन गर्न समेत माग गरिन् ।

‘आज किन गोली हानियो ? कसको आदेशमा गोली हानियो ? गोली प्रहरीले चलायो कि अरु कसैले यो विषयमा सत्यतथ्य जाँचबुझ गर्नुपर्दछ । किन सुरक्षा संयन्त्र कमजोर र विवादास्पद हुँदै गइरहेको छ ? यी प्रश्नहरुको जवाफ दिनको निम्ति प्रधानमन्त्रीलाई रुलिङ गर्न म अध्यक्षज्यूसमक्ष माग गर्न चाहान्छु,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?