+
+
Shares

दोहोरो अंक घट्यो सेयर बजार, कारोबार रकम ५ अर्बमाथि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सेयर बजार १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा रोकिएको छ, र ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४ सय १४ रुपैयाँको कारोबार भएको छ।
  • आज ३ सय ५७ धितोपत्रको ५८ हजार ५ सय वटा कारोबारबाट १ करोड ३१ लाख ७८ हजार १ सय २८ कित्ता सेयर किनबेच भएको छ।
  • व्यापारबाहेक सबै उपसूचक घट्दा निर्जीवन बीमा समूह १.२० प्रतिशतले ओरालो लागेको छ, र हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड १०.५८ प्रतिशत घटेको छ।

१२ असोज, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ । सोमबार सेयर बजार १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा रोकिएको छ । यो ०.६२ प्रतिशतको गिरावट हो । आज कारोबार भने ५ अर्ब नाघेको छ ।

सोमबार कूल ३ सय ५७ धितोपत्रको ५८ हजार ५ सय वटा कारोबारबाट १ करोड ३१ लाख ७८ हजार १ सय २८ कित्ता सेयर किनबेच भयो । जसबाट कुल ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४ सय १४ रुपैयाँ बराबर कारोबार भएको छ ।

आज व्यापारबाहेक सबै उपसूचकको मूल्य घट्यो । जसको प्रभाव समग्र बजारमा देखिएको छ । आज सबैभन्दा धेरै निर्जीवन बीमाका लगानीकर्ताले १.२० प्रतिशतले घाटा बेहोरेका छन् ।

सोमबार केबीएल डिभेन्चरको मूल्य सर्वाधिक १२.१७ प्रतिशतले बढ्यो । लक्ष्मी सनराइज डिभेन्चरको मूल्य १० प्रतिशतले वृद्धि भयो । प्राइम बैंक डिभेन्चरको मूलय ८.८३ प्रतिशतले बढ्यो ।

हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै १०.५८ प्रतिशतले घट्यो ।

यसबाहेक इमर्जिङ नेपाल लिमिटेड, ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड,धाैलागिरि लघुवित्त वित्तीय संस्था लगायत धितोपत्रको मूल्य समेत धेरैले घटेको छ । आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै रकम कारोबार भयो । हाथवेको सबैभन्दा धेरै वटा कारोबार भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?