+
+
Shares

बीपी राजमार्ग खुलाउने प्रयास जारी

बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयबेँसी, रोशी–८ को गिम्दीबेँसी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १५:३२

१२ असोज, काठमाडौं । पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्ग खुलाउन प्रयास भइरहेको छ ।

बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयबेँसी, रोशी–८ को गिम्दीबेँसी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।

यस्तै, चौकीडाँडामा रोशी खालाले डाइभर्सन कटान गरेको छ ।

पछिल्लो वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँ–ठाउँमा अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउन विभिन्न प्रयास भइरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेकाले मंगलबार अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने उनले बताए ।

केही स्थानमा पहिरो पन्छाइसकेपनि चौकीडाँडा क्षेत्रमा अझै केहि समय लाग्ने सक्ने उनले जानकारी दिए ।

प्रजिअ अधिकारीले जापानी ठेक्का अन्तर्गतको काभ्रेपट्टिको अन्तिम खण्डमा बाढीले सडक धेरै बगाएकाले काम सम्पन्न हुन मंगलबारसम्म लाग्ने सडक डिभिजन कार्यालयका प्राविधिकहरूले जनाएको उल्लेख गरे ।

काभ्रेका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रतिनिधिहरूले अवरुद्ध बीपी राजमार्गको स्थलगत निरीक्षणसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?