७ असोज, काठमाडौं । सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको ट्र्याक निर्माणको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बीपी राजमार्गको ट्र्याक निर्माणको काम केही दिनलाई स्थगित गर्ने तयारी रहेको जानकारी दिए ।
‘सम्भावित वर्षा, पहिरो तथा सडकमा आउनसक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो,’ मन्त्री लम्सालले भने, ‘यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात सञ्चालनलाई सुरक्षित र सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’
मन्त्री लम्सालले सम्भावित वर्षा तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै यात्राका क्रममा सतर्कता अपनाउन र अनावश्यक जोखिम नलिन सम्पूर्ण यात्रु तथा सर्वसाधारणमा अनुरोध गरे ।
प्रतिक्रिया 4