+
+
Shares

अपडेट : लेदो सहितको पहिरो हटाएपछि बीपी राजमार्ग दुईतर्फी नै खुल्यो

कपिल कोइराला कपिल कोइराला
२०८३ साउन २५ गते ८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा खसेको पहिरो पन्छाएपछि बीपी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन विष्टका अनुसार बिहान आठ बजेबाट अवरुद्ध सडक खण्डमा सवारी आवागमन सुचारु भएको हो ।
  • प्रहरीले सडकको अवस्था बुझेर र सावधानीपूर्वक यात्रा गर्न सवारी चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ ।

२४ साउन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र नार्केमा वर्षाका कारण लेदोसहितको पहिरो खस्दा पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्ग पुन: दुईतर्फी नै सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार लेदो सहितको पहिरो हटाएपछि ८ बजेबाट बीपी राजमार्ग पुन: दुईतर्फी नै सञ्चालनमा आएको जानकारी दिए ।

बिहान करिब ४ बजे माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो। पहिरोका कारण केही समय उक्त सडकखण्डमा सवारीसाधनको आवतजावत ठप्प भएको थियो।

बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?