+
+
Shares

बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध

सडकको अवस्था सामान्य नभएसम्म सवारी सञ्चालन नगरिने प्रहरीले जनाएको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८३ असार २१ गते १७:३०

२१ असार, काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार आइतबार अपराह्न ३ बजेदेखि ठूलो वर्षापछि रोशी र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएका कारण बीपी राजमार्गमा सवारी होल्ड गरिएको जानकारी दिए ।

उनका अनुसार बीपी राजमार्गको चौकीडाडा र घुमाउने खण्डमा क्षति पुगेकोले तत्कालका लागि सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको जानकारी दिए ।

प्रहरी प्रमुख कार्कीका अनुसार काठमाडौंतर्फ र पूर्वतर्फ आवतजावत गरिरहेका सवारीसाधनलाई काभ्रेपलाञ्चोक तर्फ काभ्रेभञ्ज्याङ र मंगलटारमा तथा सिन्धुली तर्फ नेपालथोकमा होल्ड गरिएको छ ।

सडकको अवस्था सामान्य नभएसम्म सवारी सञ्चालन नगरिने प्रहरीले जनाएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?