५ चैत, पोखरा । पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना भएको छ । मंगलबार ल्यान्डिङका क्रममा दुर्घटना हुँदा २ विदेशी नागरिक घाइते भएका छन् ।
घाइते हुनेमा रसियन चालक एलेक्स वक्रिएन र चिनियाँ ७ वर्षीय बालक याङ गुङ जे भएको प्रहरीले जनाएको छ ।
सराङकोटबाट उडेको प्याराग्लाइडिङ खपौंदीमा अवतरणका क्रममा दुर्घटना भएको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । उनीहरुको अहिले मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
अघिल्लो महिना मात्रै पोखरामा ४ प्याराग्लाइडिङ दुर्घटना भएका थिए । जसमा २ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए ।
