+
फिफा विश्वकप २०२६ :

पहिलो हाफमा बेल्जियम २–१ ले अघि

२०८३ असार  २३ गते ६:४२ २०८३ असार २३ गते ६:४२

अमेरिकाको सियाटल स्टेडियममा पहिलो हाफको खेल सकिंदा बेल्जियमले घरेलु टोली विरुद्ध २–१ ले अग्रता लिएको हो ।

२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमा बेल्जियम अमेरिका विरुद्ध एक गोलले अघि छ ।

अमेरिकाको सियाटल स्टेडियममा पहिलो हाफको खेल सकिंदा बेल्जियमले घरेलु टोली विरुद्ध २–१ ले अग्रता लिएको हो ।

खेलको नवौं मिनेटमा चार्ल्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

३१औं मिनेटमा मलिक टिलम्यानले फ्रिकिक मार्फत गोल गर्दै अमेरिकालाई बराबरीमा फर्काए ।

त्यसको दुई मिनेटमै बेल्जियमले दोस्रोपटक अग्रता लियो । केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रतामा पुर्‍याए ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय