+
फिफा विश्वकप २०२६ :

विश्वकपबाट बाहिरिएपछि पोर्चुगलको मुख्य प्रशिक्षक भन्छन्ः आज भाग्य हाम्रो पक्षमा थिएन

२०८३ असार  २३ गते ३:४० २०८३ असार २३ गते ३:४०

स्पेनसँगको हारपछि पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टाे मार्टिनेजले आज भाग्य आफ्नो पक्षमा नरहेको बताएका छन् ।

२३ असार, काठमाडौं ।  स्पेनसँगको हारपछि पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टाे मार्टिनेजले आज भाग्य आफ्नो पक्षमा नरहेको बताएका छन् ।

स्पेनसँग पराजित हुँदै फिफा विश्वकप २०२६ बाट बाहिरिएपछि पोर्चुगलका मुख्य प्रशिक्षक मार्टिनेजले भाग्यको मात्र साथ नमिलेको बताएका हुन् ।

‘हामी विश्वकप जित्ने बलिया दावेदारमध्ये एक टोलीविरुद्ध खेलिरहेका थियौँ । सायद हामीलाई अलिकति भाग्यको मात्र साथ नमिलेको हो । आज भाग्य हाम्रो पक्षमा थिएन । तर यो एकदमै प्रतिस्पर्धात्मक खेल थियो,’ उनले भने ।

स्पेनविरुद्ध राम्रो रक्षात्मक खेल खेलको प्रशिक्षक मार्टिनेजले उल्लेख गरे ।

‘पोर्चुगिज जनताले यो टोली र यी खेलाडीहरूमाथि गर्व गर्न सक्छन् । यो वास्तवमै ठूलो दुर्भाग्य हो । हाम्रो प्रहार पनि क्रसबारमा ठोकिएको थियो । मलाई लाग्छ हामी खेललाई एक्स्ट्रा टाइममा लैजान योग्य थियौँ । हामीले राम्रो रक्षात्मक खेल खेल्यौं ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय