+
+
Shares

बजेटमा युवासम्बन्धी कार्यक्रम समावेश नभएको भन्दै मधेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १८:३७

२२ असार,  जनकपुरधाम । मधेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटमा युवा सम्बन्धी कार्यक्रम र बजेट समावेश नगरिएको भन्दै युवाहरूले मुख्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

युवा अभियन्ता मो. नइम राइनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर रेड बुक प्रदेश सभाबाट पारित गर्नुअघि युवामैत्री बजेट समावेश गरी संशोधन गर्न माग गरेको हो ।

ज्ञापनपत्रमा मधेश प्रदेशको कुल जनसंख्याको ठूलो हिस्सा युवा भए पनि खेलकुद तथा समाज कल्याण मन्त्रालयअन्तर्गत रहेको युवा महाशाखाका लागि समेत बजेट विनियोजन नगरिनु दु:खद भएको उल्लेख छ ।

नीति तथा कार्यक्रममा युवालाई प्राथमिकता दिए पनि बजेटमा त्यसको प्रतिबिम्ब नदेखिएको भन्दै सरकारले तत्काल सुधार गर्नुपर्ने माग गरिएको छ ।

युवाहरूले रेड बुक संशोधन गरी युवा शाखा तथा युवामुखी कार्यक्रमका लागि छुट्टै बजेट व्यवस्था गर्न, प्रदेश युवा नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याउन, प्रदेश युवा परिषद् गठन गर्न तथा नेतृत्व विकास, उद्यमशीलता, नवप्रवर्तन, स्वयंसेवा र सामाजिक रूपान्तरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।

ज्ञापनपत्र बुझाउँदै युवा अभियन्ता राईनले युवाको भविष्यसँग खेलबाड नगर्न सरकारलाई आग्रह गरे ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कृषण प्रसाद यादवले युवाहरूले उठाएका विषयप्रति सरकार गम्भीर रहेको बताउँदै बजेट पारित हुनुअघि आवश्यक समन्वय र संशोधनका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?