+
+
Shares

यस्तो छ आजको विनिमय दर

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते ६:३५

२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंककले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १५२.३४ र बिक्री मूल्य १५२.९४ रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १७३.८४ र बिक्री दर १७४.५३ रहेको छ।

भारतीय रूपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६०.१५ कायम गरिएको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिद दर २०३.११ र बिक्री दर २०३.९१ रहेको छ ।

उच्च मूल्यमा रहेको कुवेती दिनार एकको खरिद दर ४९५ रुपैयाँ २५ पैसा र बिक्री दर ४९७ रुपैयाँ २० पैसा कायम गरिएको छ । ओमानी रियाल एकको खरिद ३९५.६९ र बिक्री दर ३९७.२५ निर्धारण गरिएको छ ।

यसैगरी, जापानी येन १० को खरिद दर ९.३८ र बिक्री दर ९.४२ रहेको छ । चिनियाँ युआन खरिद दर २२.४२ र बिक्री दर २२.५१ कायम गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?