+
+
Shares

फेवातालमा प्याराग्लाईडिङ दुर्घटना, एक विदेशी पर्यटकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १९ गते १२:१७

१९ फागुन, पोखरा । प्याराग्लाइडिङ गर्दा फेवातालमा खसेर एक विदेशी पर्यटकको मृत्यु भएको छ । सारङकोटबाट उडेका राेमानियाका नागरिक ४२ वर्षीया एड सिजरकाे मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

एक जना प्याराग्लाइडर फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेर प्रहरीले उद्धार गरेको थियो । उद्धार टोलीले उनलाई अस्पताल पुर्‍याए पनि बचाउन नसकिएको प्रहरी स्रोतले बतायो ।

राहदानी अनुसार उनी नौ जना साथीहरुसहित २३ फेब्रुअरीमा नेपाल आएका थिए । उनले ब्लु स्काई प्याराग्लाइडिङ कम्पनीबाट फेब्रुअरी २५ तारिखदेखि मार्च ११ सम्म सोलो उडान पर्मिट लिएका थिए ।

जमिनमा अवतरण गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर उनी तालमा खसेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?