Comments Add Comment

डोनाल्ड ट्रम्पका ५ अभिव्यक्ति, जसले उनलाई विवादमा ल्याए

donald_trump

२४ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा बराक ओवामालाई प्रतिस्थापन गर्ने तयारीमा रहेका रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प चुनावी अभियानको सुरुवातदेखि नै आफ्ना विवादास्पद भनाइहरुका कारण चर्चामा रहे ।

विवादित अभिव्यक्ति दिएर जनताको मन जित्न नसकेको आरोप लाग्ने गरेका ट्रम्पले जनताको मतमा भने आफ्नी प्रतिस्पर्धी तथा डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनलाई पछि पारेका छन् ।

एक बर्षभन्दा बढीको चुनावी अभियानका क्रममा निक्कै विवादास्पद अभिव्यक्ति दिएका ट्रम्पका केहि महत्वपूर्ण र चर्चामा रहेका ५ भनाइहरु हामीले यहाँ उल्लेख गरेका छौं ।

१. डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियान सुरु गर्दा भनेका थिए, ‘मेक्सिकोले जबसम्म आफ्ना मान्छेहरु अमेरिका पठाउँछ, उसले राम्रो मान्छे पठाउँदैन, उसले धेरै समस्याग्रस्त मानिसहरुमात्र पठाउँछ । उनीहरु ड्रग्स लिएर आउँछन्, अपराध लिएर आउँछन् साथै उनीहरु बलात्कारी हुन्छन् र केहिमात्रै राम्रा हुन्छन् ।’

२. अघिल्लो बर्षको नोभेम्बरमा पेरिसमा भएको आतंकबादी हमलापछि ट्रम्पले भनेका थिए मुस्लिमहरुलाई अमेरिका आउन पूर्ण प्रतिबन्ध लगाउनुपर्छ । अमेरिकाका प्रतिनिधिहरुले के गर्ने भनेर निर्ण नगरुन्जेल मुस्लिमलाई अमेरिका आउन प्रतिबन्ध लगाउनुपर्ने उनको भनाई थियो ।

३. रिपब्लिकन पार्टीको उम्मेदवार आफ्ना प्रतिद्वन्द्वीहरुलाई पछि पारेपछि ट्रम्पले पार्टीको औपचारिक निर्णय अगावै आफैले राष्ट्रपतिको उम्मेदवार घोषित गरे र डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनप्रति लक्षित गर्दै चुनावमा उनले खेल्ने कार्ड भनेको महिला कार्डमात्रै भएको र त्यो बाहेक उनीसँग अरु केहि छैन भनेका थिए । क्लिन्टन यदि पुरुष भएको भए उनले प्रारम्भिक चरणमा पाएको मतको ५ प्रतिशतमात्रै पाउँथे ।

४. ट्रम्पले खोलेको विश्वबिद्यालय बिरुद्धको मुद्धा हेरिरहेका जर्ज गोञ्जालो कुरियल मेक्सिमन मुलका भएकाले ट्रम्पले आफ्नो मुद्धा हेर्न अक्षम भएको बताएका थिए । उनले भनेका थिए, ‘मैले मेक्सिकोको सीमानामा पर्खाल लगाउँदैछु त्यसैले मेरो मुद्धा हेर्न उनी सक्षम छैनन् ।

५. गत महिना अमेरिकाका उच्च अधिकारीहरुले रुसले अमेरिकामाथि साइबर हमला गरेको दाबी गरिरहँदा डोनाल्ड ट्रम्पले भने रुसले नै गरेको हो भन्ने आरोपको कुनै प्रमाण नरहेको बताएका थिए । उनले त्यतिबेला भनेका थिए, ‘हाम्रो मुलुकलाई पत्तै छैन कि कसले साइवर हमला गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment