+
+

बुद्ध एयरलाई उत्कृष्ट वायुसेवा कम्पनीको अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २५ गते १३:०६

buddha-air-awards
२५ कात्तिक, काठमाडौं । बुद्ध एयर अन्तर्राष्ट्रिय संस्था फ्रोस्ट एण्ड सलिभनबाट उत्कृष्ट एयरलाईन्स-२०१६ को अवार्डबाट सम्मानित भएको छ ।

सोल्टी होटलमा आयोजित समारोहमा बुद्ध एयर सो पुरस्कारबाट सम्मानित भएको हो । पुरस्कार ग्रहण गर्दै बुध्द एयरका एमआईएस डाइरेक्टर रजिन रञ्जितले हामीले उड्डयन क्षेत्रमा गरेको निरन्तर मिहनेतको फल भएको बताए ।

अवार्डबाट सेवाहरुलाई अझ गुणस्तरीय बनाउन थप मद्दत र प्रेरणा मिल्ने रञ्जितले बताए । बुद्ध एयर ८ विभिन्न आधुनिक विमानहरुबाट मुलुकभरि उडान सेवा प्रदान गर्दै आएको छ ।

देशबाहिर भारतको वाराणसीमा नियमित तथा भुटानको पारोमा चार्टड उडान भरिरहेको छ । नेपाल र नेपाली जोड्ने अभियानमा सहज र सरल ढंगले सस्तो टिकटहरु पनि बिक्री गरिरहेको छ । एयरलाइन्सले गतवर्ष मात्रै ८ लाख यात्रुलाई सेवा प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?