Comments Add Comment

दुलहीलाई औँठी दिन बिहेमा बोलाइयो भालु

poundgri1

बिहेमा बोलाइएका पाहुनामध्ये यदि प्रमुख अतिथिको रुपमा भालु आयो भने कस्तो होला ? आखिर मानिसहरुले आफ्नो बिहेलाई विशेष बनाउनका लागि के के सम्म गर्न पछि पर्दैनन् भन्ने उदाहरण रुसमा फेला परेको छ ।

रुसको राजधानी मस्को सहरमा बस्ने नव दम्पत्ति डेनिस र नेल्याले आफ्नो विवाहलाई विशेष बनाउनका लागि भालुलाई समेत निम्तो दिए विशेष भूमिकाका साथ ।

स्वयंवरमा बेहुलाले बेहुलीलाई दिने औँठी दिनका लागि भालुलाई जिम्मा दिइएको थियो । भालुको नाम ग्रिजली थियो । भालु यति समझदार थियो की बेहुलीलाई औँठी दिनुका साथै उसले बेहुला र बेहुलीसँगै फोटो पनि खिचायो ।

गि्रजली भालुले आफुहरुको बिहे समारोहको माहोललाई नै बदलिदिएको नवविवाहित दम्पत्तिको भनाई छ । १३५ किलो वजन र ७ फिट लामो जिउधारी भालुले बिहेमा आएका सबै पाहुना तथा बच्चाबच्चीहरुको साथमा फोटो खिचायो ।

उक्त भालु जब बिहे समारोहमा प्रवेश गर्यो तब मानिसहरुको ध्यान बेहुला बेहुलीबाट हटेर भालुतर्फ पर्यो । सुरुमा केटाकेटीहरु भालुसँग फोटो खिचाउन झुम्मिए । भालुसँग फोटो खिचाउन सबै पाहुनाको तछाडमछाड नै भयो ।

बिहेमा आउँदा उक्त भालु कालो टाइ लगाएर आएको थियो । उसले दुलहीलाई स्वयंवरको औँठी दिएसँगै एकचोटी चुम्बन पनि गर्यो ।

डेनिस र नेल्या दम्पत्तिले उक्त भालुलाई एडप्ट गरेको र आफुहरुसँगै घरमा राखेको बताइएको छ । तर कतिपयले भने उक्त बिहे नक्कली भएकेा र केवल फोटोशूटका लागि त्यसो गरिएको समेत आशंका गरेका छन् । -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment